राजनीतिमा प्रतिशोधको भावना सुरु भयो,यसले देशलाई क्षति गर्छ : शेखर कोइराला



काठमाडौं।नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालेअहिले देश अराजकतातिर गइरहेको बताएका छन्।

काण्डै-काण्डले देशलाई बिग्रहतिर धकेलिरहेको बताउंदै भक्तपुरमा-२ मा शनिबार आयोजित कांग्रेसको क्षेत्रीय सभालाई सम्बोधन गर्दै डा.कोइरालाल सय किलो सुन तस्करी प्रकरणका विषयमा बोल्दा सांसद सुनिल शर्मालाई प्रतिशोध सांध्न पक्राउ गरिएको जिकिर पनि गरे। “राजनीतिमा जब प्रतिशोधको भावना शुरू हुन्छ, तब राजनीति राजनीति नै रहन्न,” कोइरालाले भने, “त्यसले व्यक्तिलाई क्षति गर्छ, दलहरूलाई बिगार्छ र देशलाई पनि क्षति पुर्‍याउँछ।”

“सुन काण्डका विषयमा नेपाली कांग्रेसकै एक सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुभयो। उहाँका गल्ती कमजोरीहरू होलान्, त्यसको छानबिन र कारबाही हुनुपर्छ,” डा. कोइरालाले भने, “तर, प्रतिशोधको भावनाले अघि बढ्ने हो भने देशलाई कहाँ पुर्‍याउन खोजिएको हो? यो अहिले गम्भीर विषय हो।”

कांग्रेस सांसद शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्र कसूरमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले साउन २५ गते पक्राउ गरेको थियो। उनको आईएस्सीको प्रमाणपत्र नक्कली रहेको सीआईबीको अनुसन्धानमा देखिएको थियो। उनीसँगै आठ जना चिकित्सक पक्राउ परेका थिए।

सीआईबीले थुनामा राखेर अनुसन्धान गर्न साउन २६ मा जिल्ला अदालत, काठमाडौंमा पेश गरेको थियो। तर, अदालतले भने सांसद शर्मालाई तारेखमा रिहा गर्न र अन्यलाई थुनामा राख्न अनुमति दिएको थयो।file foto

प्रतिक्रिया दिनुहोस्