राष्ट्रिय सभा बैठक आज पनि अवरुद्ध, अर्को बैठक बुधबार बस्ने



काठमाडौं ।राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले अवरोध कायम राखेको हो ।शुक्रवार ११ बजे बसेको बैठकमा तस्करीको सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग प्रमुख प्रतिपक्ष दलले बैठकमा अवरोध गरेको हो ।

बैठकको प्रारम्भमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदहरूलाई दलीय आधारमा समसामयिक विषयमा बोल्नका लागि समय दिएका थिए । सो क्रममा सांसदहरूले आ–आफ्नो धारणा राखे । धारणा राख्ने क्रम सकिएपछि अध्यक्षले बैठकको कार्यसूची अगाडी बढाउन खोज्दा एमालेका सांसदहरू उभिएर विरोध जनाएका थिए ।

अध्यक्षले विरोध जनाउनुको कारण बारे बोल्नका लागि एमाले सांसद भैरव सुन्दर श्रेष्ठलाई समय दिए लगत्तै सत्तापक्षका सांसदहरू पनि उभिएर बैठक अवरोध गरेका थिए । दुवै पक्षका सांसदहरू उभिएर विरोध जनाएपछि राष्ट्रिय सभा बैठक अगाडी बढाउन नसकिएको भन्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले बैठकको कार्यसूचीलाई अगाडी बढाउन नसकिएको जानकारी दिए ।

आगामी बैठक साउन ३१ गते बुधबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ

प्रतिक्रिया दिनुहोस्