विद्यार्थीहरु १२ को नतिजा कुर्दै, त्रिभुवन विश्व विद्यालयले खोल्यो भर्ना



काठमाडौं।माध्यमिक शिक्षाको १२ कक्षा उत्तीर्ण विद्यार्थीहरुले अध्ययन गर्ने स्नातक तह प्रथम वर्षका लागि नयाँ भर्ना आव्हान गरिएको छ। कक्षा १२ को परीक्षा दिएर विद्यार्थीहरुले त्यसको नतिजा कुरिरहेका बेला बिहिवार सूचना जारी गरेर
त्रिभुवन विश्व विद्यालयले स्नातक तह प्रथम वर्षको नयाँ भर्ना आव्हान गरेको हो ।

मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय र शिक्षा संकाय तथा विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तरगतका क्याम्पसहरुमा शैक्षिक सत्र २०८०–८१ का लागि भर्ना खुला गरिएको शिक्षाध्यक्षको कार्यालयले जनाएको छ ।

जसअनुसार आवेदन फाराम भर्ने र बुझाउने मिति साउन २८ देखि भदौ मसान्तसम्म तोकिएको छ । यस्तै प्रवेश परीक्षा डिनको कार्यालयले तोकेअनुसार हुने छ भने कक्षा सञ्चालन मंसिर ५ देखि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्