नेताहरु बिदेश भ्रमणमा जाँदा सुन तस्करको देशबाट आएको भनेर औंल्याउने दिन आए : भट्टराई



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) लेका सचिवसमेत रहेका सांसद योगेश भट्टराईले सुन तस्करी प्रकरणले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि धुमिल्याएको बताउंदै छानबिन समिति बनाउनै पर्नेमा जोड दिएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सांसद भट्टराईले नेताहरू बाहिर देशमा भ्रमणमा जाँदा ‘सुन तस्करको देशबाट आएको’ भनेर औंल्याउने दिन आइरहेको बताए । सुन तस्करी प्रकरणले नेपालको अन्तर्राष्ट्रिय छवि धुमिल्याएको उनको भनाई थियो।

“सुन प्रकरणमा उच्चस्तरीय समिति बनाउँ भन्नेमा राष्ट्रिय सहमति बनेको छ । छानबिन समिति बन्नैपर्छ,” भट्टराईले भने।त्यसअघि उनले भने, “सुन प्रकरणमा उच्चस्तरीय नेताहरूको संलग्नता छ भन्ने कुरा अनुसन्धानले देखाएको छ । सबैलाई कानूनी घेरामा ल्याउने भनेर गृहमन्त्रीजीले प्रतिबद्धता जनाउनु भएको थियो । हामीलाई आशा थियो, तर पछि त्यो नदेखिँदा हामीलाई शङ्का लागेको छ । त्यसैले छानबिन समिति बनाउनैपर्छ ।”file foto

प्रतिक्रिया दिनुहोस्