सभामुखलाई राजीनामा गराएर सत्तामा जान खोज्नु अमर्यादित : कार्की
बिराटनगर। नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सभामुखलाई राजीनामा गराएर सत्तामा जान खोजेर कांग्रेसले अमर्यादित खेल खेलेको आरोप लगाएका छन् ।

विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै कार्कीले यस्तो बताएका हुन् । ‘कांग्रेस हिजो असंवैधानिक रूपमा सभामुखलाई हस्ताक्षर गराएर सरकारमा गयो, आज सभामुखलाई राजीनामा गराएर सरकारमा जान खोज्दैछ । तत्काल एमालेसँग मिलेर समस्याको निकास दिने बाटोमा कांग्रेस छैन,’ उनले भने, ‘केही समयपछि सच्चिएर कांग्रेस एमालेसँगसँगै अघि बढ्ने अवस्था बन्छ । एमालेले त्यो काम गर्छ ।’

