हटेन संसदको गतिरोध,प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित



काठमाडौं।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरुद्ध गर्ने चेतावनी दिएपछि सोमवार बस्ने भनिएको प्रतिनिधिसभा बैठक मंगलवारसम्मका लागि स्थगित भएको छ।सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले मंगलवार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिए ।

एक क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग गर्दै एमालेले साउन १० गते प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको थियो ।

एमालेको अवरोधपछि बैठक ५ दिनका लागि स्थगित गरिएको थियो ।आजको बैठक पनि अवरुद्ध गर्ने एमाले चेतावनीपछि बैठक सूचनामार्फत स्थगित गरिएको हो ।संसद्को गतिरोध हटाउने प्रयासस्वरूप प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।

तर, छानबिन आयोग गठन गर्नुपर्ने अडान ओलीले राखेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्