आफ्नो राजीनामा माग्ने सांसद सुनील शर्मामाथि अर्थमन्त्री महतले लगाए यस्तो आरोप
काठमाडौँ।नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नै दलका सांसद सुनील शर्माले स्वास्थ्य बिमा नपाउँदा आफ्नो राजीनामा मागेको आरोप लगाउनु भएको छ।

नेपाली कांग्रेसको एक सातासम्म चलेको बैठकपछि भएको पत्रकार सम्मेलनमा उनले संसद बैठकमा बुधबार कांग्रेस सांसद सुनील शर्माले आफ्नो राजीनामा मागेको प्रसंगमा स्वास्थ्य बिमा उनले भनेबमोजिम नहुँदा आफूबिरुद्ध लागेको बताउनु भएको हो।
उहाँको अस्पताल छ । बिमाको रकम आजै पाउनुपर्छ भन्ने थियो । कसले पाउने कि नपाउने विषयमा हामीले पनि पाउनुपर्छ भन्ने थियो त्यो बिमा बोर्डले निर्णय गर्छ । मैले भनेँ भने तुरुन्त भइहाल्छ भन्ने थियो । नहुने बित्तिकै भड्किएर जथाभावी बोल्नुभयो ।
सांसद शर्माले बुधबार प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका थिए । प्रधानमन्त्री आउँदासम्म मुख्य योजनाकार पक्राउ नगरिए आफू संसदमै आमरण अनसन बस्ने बताएका थिए ।

