बिदेशीको दबाबमा कसैलाई देखाउन मात्रै सुन पक्राउ गरिएको लिङ्देनको आरोप
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले
बाह्य देशको सूचना र दबाबका आधारमा कसैलाई देखाउनका लागि मात्रै सय किलो सुन बरामद गरिएको आरोप लगाएका छन् ।

बुधबार संसदमा बोल्दै उनले सो कुरा बताएका हुन । लिङ्देनले नेपाल सुन तस्करको ट्रान्जिट प्वाइन्ट बनेको बताउँदै यसका नाइकेहरुलाई संरक्षण गर्ने काम गर्न नहुने बताए भरिया पक्राउ गरेर सुन तस्करीका नाइकेहरुलाई उम्काउने प्रयास भइरहेको आशंका समेत उनले गरे।
लिङदेनले सुन तस्करीका विषयमा अहिले भइरहेको अनुसन्धान झारा टार्ने किसिमको मात्र भएको बताए ।
उनले भने, ‘भरिया पक्रेर सुन तस्करीका नाइके संरक्षण गर्ने, हामीले यति काम त गर्यौं नि भन्ने काम नहोस् । अहिले जुन ढंगले अनुसन्धान प्रक्रियाका नाममा झारा टार्ने काम भएको छ, यसरी हुँदैन् । विशेष आयोग, छानबिन आयोग बनाएर अनुसन्धान अघि बढाइयोस् भन्न चाहन्छु ।’

