प्रतिनिधिसभा सुन तस्करी प्रकरण : प्रतिनिधि बैठक साउन १५ गतेसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभा बैठक साउन १५ गतेसम्मका लागि स्थगित भएको छ ।

बिहीबारको बैठकमा नेकपा (एमाले)ले अवरोध गरेपछि बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगन भएको हो । सुन तस्करी काण्डमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता रहेको भन्दै एमालेले उनको राजीनामा मागेको छ ।
साथै, एमालेले उच्चस्तरीय संसदीय छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने बताएको छ । यसअघि बैठकमा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी,रास्वपाका रबि लामिछाने,राप्रपाका राजेन्द्र लिंङदेनले सय किलो सुन तस्करी प्रकरणको सत्यतथ्य सार्बजनिक हुनुपर्ने माग गरेका थिए।

