उच्चस्तरका नेताहरुको सम्पत्ति छानबिनका लागि आयोग गठन गरेरै छोड्ने कानुनमन्त्रीको दृढता



काठमाडौं।कानुनमन्त्री धनराज गुरुङले उच्चस्तरका नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्ने बताएका छन्। वीपी स्मृति सप्ताहको अवसरमा आयोजित कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन।

सुशासन स्थापित गर्न उच्च स्तरका नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्ने बताए।’हामीले सुशासन स्थापित गर्ने हो भने शीर्ष तहको नेताको सम्पत्ति छनविन गर्नुर्छ,’ गुरुङले भने, ‘ढिलो चाडो शीर्ष नेताको सम्पत्ति छनविन आयोग गठन गरेरै छाडिन्छ । उनले नेताहरूको सम्पत्ति छानबिन नगर्ने हो भने आफूहरू पनि उही ड्यांगको मुला सावित हुने बताए।

यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि आफ्नो कुरा भइसकेको गुरुङले बताए। कांग्रेस र माओवादी केही नभनि एकपछि अर्को गर्दै फाइल खोल्दै जाने उनको भनाइ छ । ‘प्रमलाई भनेको छु एकपछि अर्को फाइल खोल्दै जाने हो । कांग्रेस एमाले माओवादी केही भन्ने होइन,’ गुरुङले भने, ‘मन्त्री पद छाड्न परे छाडौँला तर निष्ठा छाडिन्न । निष्ठा ठूलो कुरा हो मन्त्री ठूलो होइन ।’

उनले चुनौती दिँदै भने, ‘धनराज गुरुङ र शेखर कोइराला फरक कांग्रेस हो भने हामीले भन्नैपर्छ पहिले हाम्रो सम्पत्ति छानविन गरेर देखाउ सरकार’साथीहरूले भन्नुहोला कतै यो ढलपल गर्‍यो कि। तर मे ज थिएँ मन्त्री हुँदा पनि त्यही छु। file foto

प्रतिक्रिया दिनुहोस्