कम्बोडियाबाट एकहप्तापछि स्वदेश फर्किए एमाले अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन्। साउन २ सोमबार कम्बोडिया गएका ओली एक सातापछि सोमबार राति स्वदेश फर्किएका हुन्।

ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका नेताहरुले स्वागत गरेका थिए। अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालयका अन्य सदस्यहरू थिए।

निर्वाचन पर्यवेक्षणकै लागि कम्बोडिया पुगेका ओलीले श्रीलंकाका पूर्व राष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्व राष्ट्रपति जोनाथन गुडलकसँग भेटवार्ता गरेका थिए।

कम्बोडिया बसाइका क्रममा उनले त्यहाँका प्रधानमन्त्री सामदेक टेचो हुन सेनसँग पनि भेट गरेका थिए। file foto

प्रतिक्रिया दिनुहोस्