सिल्ट सरसफाइका लागि खोलियो धौलिगंगा बाँध, स्थानीयलाई सतर्क रहन आग्रह



बैतडी।भारतको धौलीगंगा बाँध पुनः खोलिएकाले महाकाली नदीमा जलस्तर बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले सतर्कता अपनाउन आग्रह गरेको छ ।

बाँध आज शनिवार बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म खुला रहने भएकाले सूचना जारी गरेर प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको हो ।

भारतको उत्तराखण्डमा पर्ने धौलीगंगा जलविद्युत् परियोजनाको सिल्ट सरसफाइका लागि बाँधको ढोका खोलिएको छ ।

बाँध खोलिएको समयमा महाकाली नदी किनारका नागरिकलाई सचेत रहन र नदी वारपार नगर्न अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए । यसअघि असार २६ गते पनि परियोजनाको बाँध खोलिएको थियोे ।

प्रतिक्रिया दिनुहोस्