ललितानिबास प्रकरण : सचिब राउतसहित पांचजनाले रिहाईको माग गर्दै दायर गरेको रिट खारेज



काठमाडौं।ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित पाँचै जनाले दिएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ।

काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लग्ने खेलमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गुरुङ सहित १७ जनालाई पक्राउ गरेको थियो।

उनीहरूमध्ये सञ्चार सचिव कृष्णबहादुर राउत, व्यापारी मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र टिकाराम घिमिरेले सर्वोच्चमा रिट दायर गरेका थिए। उनीहरूले रिहाइको माग गरेका थिए।

त्यसमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले रिट खारेजको आदेश दिएको हो। सर्वोच्चको आदेशसँगै अब उनीहरूले हिरासतमै बस्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्