जनमत पार्टीले गर्‍यो पाँच नेतालाई कारबाही



काठमाडौं।जनमत पार्टीले सांसदमा उम्मेदवार शिवचन्द्र कुशवाहासहित ५ जनालाई निलम्बन गरेको छ।

कुशवाहा गत उपनिर्वाचनमा बारा २ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका हुन्।

बुधबार बसेको पार्टी अनुशासन समितिले शिव चन्द्र कुशवाहा (बारा), गुलाब मण्डल (सप्तरी), शंकर खड्का (सप्तरी), भोपेन्द्र यादव (रूपन्देही), भगवान दास यादव (कपिलवस्तुलाई) साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको हो।

पार्टी उपाध्यक्ष तथा अनुशासन समितिका प्रमुख दीपककुमार साहका अनुसार केन्द्रीय सचिव रहेका भोपेन्द्र यादवलाई तीन महिनाका लागि निलम्बन गरिएको छ। गुलाब मण्डल, शंकर खड्का र भगवान दास यादवलाई एक वर्षका लागि निलम्बन गरिएको जनमत पार्टीले विज्ञप्तिमार्फत् जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्