तीन बर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङका लागि भर्ना आव्हान



सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिकाको मुक्लीस्थित थुलुङ दुधकोशी प्राबिधिक शिक्षालयले ३ बर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङका लागि भर्ना आव्हान गरेको छ।

प्राविधिक शिक्षा तथा व्यबसायिक तालिम परिषद (CTEVT) प्रदेश र स्थानीय तहको साझेदारीमा सञ्चालित सो शिक्षालयले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना आव्हान गरेको हो।शिक्षालयद्वारा शुक्रबार प्रकाशित गरेको सूचना अनुसार फारम भर्ने म्याद साउन १२ गतेसम्म र प्रवेश परीक्षा साउन २४ गते सञ्चालन गरिने उल्लेख छ।

एसईई परीक्षामा अनिबार्य अंग्रेजी,बिज्ञान र गणित बिषयमा न्युनतम १.६ जीपीए अथवा सो सरह र परिषदद्वारा सञ्चालित कार्यक्रमसंग सम्बन्धित प्राविधिक slc/ प्री-डिप्लोमा तहको कूल पूर्णांकमा ६८.३३ प्रतिशत अंक प्राप्त गरी उत्तीर्ण विद्यार्थीले ३ बर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ अध्ययनका लागि प्रवेश परीक्षा दिन पाउने सूचनामा जनाईएको छ।

विद्यार्थीहरुलाई कम शुल्कमा गाउँमै प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले गाउँपालिका अध्यक्ष असिम राईको पहलमा स्थापित थुलुङ दुधकोशी प्राविधिक शिक्षालय डिप्लोमा इन सिभिल इन्जिनियरिङको यसअघि सम्पन्न तेस्रो सेमेष्टरको परीक्षामा कोशी प्रदेश भरकै सबै भन्दा बढी प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्