ललितानिबास जग्गा प्रकरण : क्याबिनेटमा संलग्न मन्त्री र प्रधानमन्त्रीलाई कारबाहीको दायरा ल्याउन माग
काठमाडौं।प्रतिनिधिसभा सांसद डा.अमरेशकुमार सिंहले ललिता निवास जग्गा प्रकरणमा क्याबिनेटमा संलग्न मन्त्री र प्रधानमन्त्रीलाई कारबाहीको दायरा ल्याउन माग गरेका छन्।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले
निर्णयकर्ता साइरन बजाउँदैर हिँड्ने र कर्मचारी जेल जानेस्थितिको अन्त्य हुनुपर्ने बताएका हुन्। ‘ललिता निवास जग्गा प्रकरणमा शाखा अधिकृतले टिप्पणी उठाएवापत् जेल जाने। तर निर्णयकर्ताहरूसँग बसेर डिनर खाने र निर्णयकर्ताहरू मज्जाले घुम्ने र अघि पछि साइरन बजाउने यो कस्तो नियम हो,’ सांसद सिंहले भने।
‘शाखा अधिकृतबाट टिप्पणी उठेर सहसचिव र सचिवकोमा गएको छ। क्याबिनेटबाट संलग्न मन्त्री र प्रधानमन्त्रीलाई कारबाहीको दायरामा लानुपर्छ त्यसपछि मात्र भ्रष्टाचार उन्मुलनको काम हुन्छ,’ उनले भने, ‘नत्र दलहरू बसेर भ्रष्टाचार गर्ने कर्मचारीलाई जोगाउने हुँदा देशको सम्पूर्ण कर्मचारी संयन्त्रले भोलिको दिनमा काम गर्दैन।’file foto

