प्रधानमन्त्री दाहाल पत्नी सीताको निधनप्रती पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा दु:ख व्यक्त



काठमाडौं।पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले नेपाली समकक्षी पुष्पकमल दाहाल प्रचण्डलाई परेको पत्नी शोकप्रति दु:ख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई मेन्सन गर्दै शरीफले ट्विटरमार्फत दु:ख व्यक्त गरेका हुन्।प्रधानमन्त्री प्रचण्ड र वहाँको परिवारप्रति शरीफले गहिरो समबेदना समेत प्रकट गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको बुधबार निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्