विद्यार्थी नेता राईले विद्यार्थीलाई नै झोला बितरण गरेर मनाए जन्मदिन
सोलुखुम्बु।अनेरास्ववियु (क्रान्तिकारी) का नेता प्रबिण साईला राईले आफ्नो जन्मदिनको अवसरमा २५ छात्रछात्रालाई झोला बितरण गरेर मनाएका छन् ।

आफ्नो जन्मदिनको अवसर पारेर राईले बिहिवार नेचासल्यानस्थित श्री आदर्श मिलन आधारभूत विद्यालयमा अध्ययनरत छात्रछात्रालाई झोला बितरण गरेका हुन।कार्यक्रममा GSJ YOUTH GROUP ले उनीहरूलाई ट्र्याक, ट्राउजर ,टिसर्टका साथै स्वर्गीय दम्पति रुद्र बहादुर राई र शन्तुधनी राईको स्मृतिमा छोराछोरी तथा बुहारीहरुले जुत्ता उपलब्ध गराएका थिए।
शिक्षाबाटै समाज रुपान्तरण सम्भव छ भन्ने मान्यताले प्रोत्साहन स्वरुप आफुहरुले छात्रछात्राहरूलाई सहयोग गरेको विद्यार्थी नेता राईले बताए।सोही कार्यक्रममा लामो समय देखि शिक्षण पेशामा सक्रिय सोही विद्यालयका शिक्षकद्वय गुणराज बास्तोला र अमिता राईलाई बिदाई गरिएको थियो।उनीहरू उमेर हदका कारण अवकाश भएको विद्यालयले जनाएको छ।

