सरकार र पार्टी यही ढंगले चले कांग्रेसले ०८४ को चुनाव जित्न सक्दैन : कांग्रेस नेता पौडेल



काठमाडौं।सांसद प्रदीप पौडेलले सरकार यसरी नै चलिरहने हो भने २०८४ मा जो–जोसँग मिले पनि कांग्रेसले चुनाव जित्न नसक्ने बताएका छन्।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा सहभागी नेता
पौडेलले मिसन २०८४ सफल बनाउन सरकार र पार्टी दुवै सुध्रिनुपर्ने बताए। पार्टी र सरकार यही गतिमा चले २०८४ मा कांग्रेस जुन पार्टीसँग मिलेर चुनाव लडे पनि पराजित हुने उनको दाबी थियो।

सरकारमा भएका कांग्रेस मन्त्रीहरुले राम्रो काम गरेर जनतालाई विश्वास दिलाउन सके नयाँ पार्टीबाट डराउनु पर्ने अवस्था हट्ने उनको धारणा छ। ‘हामी जुन जुन सरकारमा छौं, ती सरकारमा सुशासनको पक्षमा, भ्रष्टाचारको विपक्षमा छन्, जनतालाई डेलिभर गर्न चाहन्छन् भन्ने म्यासेज दिन सक्यौं भने २०८४ चुनावमा कसैसँग मिल्नुपर्दैन, एक्ल चुनाव जितिन्छ,’ उनले भने।file foto

प्रतिक्रिया दिनुहोस्