प्रधानमन्त्री प्रचण्डले नेपाली जनतामा रहेको सार्वभौम सत्ताको मजाक उडाए : ओली
काठमाडौं।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनतामा रहेको सार्वभौम सत्ताको मजाक उडाएको आरोप लगाएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतन्त्र, देश र सार्वभौम सत्ता ठट्टाको बिषय नभएको बताउंदै भने,’ नेपाली जनतामा रहेको सार्वभौम सत्ताको मजाक उडाइयो । यो मामुली कुरा होइन ।’
‘मित्र राष्ट्र भारतले नेपालमा सरकार बनाउँछु, अहिलेसम्म भनेको छैन, त्यो भन्नु नेपालको सार्वभौम सत्ताविपरीत हुन्छ, त्यो भारतलाई पनि थाहा छ । भारत भन्दैन तर नेपालको प्रधानमन्त्री भनिरहेका छन् । नेपालको सार्वभौम सत्ता नेपालको संसदमा छैन, नेपाली जनतामा छैन, नेपालका सांसद, संसदले सरकार बनाउने होइन, दिल्ली दौडिएर सरकार बन्छ । धेरैपल्ट मलाई बनाउन पनि मान्छे कुदेका थिए,’ ओलीले भने, ‘राष्ट्रियतामाथि मजाक उडाइएको छ । सार्वभौम सत्तामाथि मजाक उडाइएको छ । हामीले राजीनामा माग गर्यौँ, यो अति भयो, संसदको अपमान भयो, संविधानको बर्खिलाप भयो, लोकतन्त्रको उपहास भयो । file foto

