ज्वाईं आचार्यका कारण कोशी प्रदेश माओवादी केन्द्रमा खैलाबैला
बिराटनगर।माओेवादी केन्द्रबाट फेरि पनि ज्वाईं जीवन आचार्यलाई मन्त्री बनाउने प्रचण्डको तयारीले माओवादी केन्द्र कोशी प्रदेशमा खैलाबैला सुरु भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँ समेत रहेका आचार्यलाई विवादका बीच यसअघि पनि एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पर्यटन, वन तथा वातावरणमन्त्री बनाईएको थियो।
गठबन्धन फेरिएर बिहिवारमात्र कांग्रेसको तर्फबाट मुख्यमन्त्री बनेका उद्दब थापाले मन्त्रिपरिषद् बिस्तार गर्ने क्रममा ज्वाईं आचार्यको नाम अघि सारिएपछी माओवादी केन्द्रमा तीब्र विवाद सुरु भएको छ।जसका कारण थापा नेतृत्वको कोशी प्रदेश सरकार गठन हुंदा माओवादी केन्द्रले भने पहिलो चरणमा नाम पठाउन सकेन।
मुख्यमन्त्री उद्धव थापाले सत्ता गठबन्धन दलका दुई जनालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन्। बिहीबार मुख्यमन्त्रीमा नियुक्त थापाले शुक्रबार प्रदेश प्रमुखबाट शपथ लिएसँगै मन्त्रिमण्डल विस्तार गरेका हुन्।
नवनियुक्त मुख्यमन्त्री थापाले सत्तारुढ दल नेपाली कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीका कमल जवेगुलाई मन्त्रीको शपथ गराएका छन्। बिस्तारित मन्त्रिपरिषद् तीन सदस्यीय छ ।
थापालाई मुख्यमन्त्री बनाउन हिजो सभामुख बाबुराम गौतमले समेत हस्ताक्षर गर्नुभएको थियो । यसको चौतर्फी आलोचना भइरहेको छ ।

