राष्ट्रियसभा बैठक आज पनि अवरुद्ध



काठमाडौं।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण आज पनि राष्ट्रिय सभा बैठक अवरुद्ध भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ‘विवादास्पद’ अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले अवरोध कायमै राखेपछि बैठक शुक्रबार दिउँसो १२ बजेर २९ मिनेटसम्मका लागि स्थगित गरिएको हो ।

सरदार प्रितम सिंहमाथि लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मंगलबार आफूलाई प्रधानमन्त्री बनाउन सिंहले बारम्बार दिल्ली भ्रमण गरेको अभिव्यक्ति दिएका थिए।उक्त विषयलाई लिएर प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग गरेको छ। राष्ट्रिय सभाको आजको बैठकमा पनि एमाले सांसदले प्रधानमन्त्रीको राजीनामा नआउन्जेल सभा चल्न नदिने बताए।

सभाका अध्यक्ष गणेश तिमिल्सिनाले प्रधानमन्त्रीलाई जवाफ दिन रुलिङ गर्नेभन्दा पनि एमाले सांसदहरुले सभा चल्न दिएनन्।
प्रधानमन्त्री प्रचण्डले मंगलबार एक कार्यक्रममा ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह दिल्ली धाएको’ भन्ने अभिव्यक्ति दिएपछि एमालेले संसद् अवरोध गरिरहेको हो ।

एमालेले प्रधानमन्त्री प्रचण्डले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने भन्दै बुधबारको प्रतिनिधिसभा बैठक पनि अवरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्