कांग्रेसको सूचना,सञ्चार तथा प्रचार बिभागको बैठक सम्पन्न



काठमाडौँ ।नेपाली कांग्रेसको सूचना,सञ्चार तथा प्रचार बिभागले सरकारले आजसम्म गरेका राम्रा कामको सन्देश जनतासमक्ष पुर्‍याउने निर्णय पनि गरेको छ।

विभागका प्रमुख मीनबहादुर विश्वकर्माको अध्यक्षतामा केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले सो निर्णय गरेको हो। बैठकले विभागको कामलाई प्रभावकारी निर्देशिका मस्यौदा समिति र कार्ययोजना तर्जुमा समिति गठन गर्ने निर्णय पनि गरेको छ । सो समितिले आजको मितिदेखि १५ दिनभित्र आफ्नो प्रतिवेदन विभागका प्रमुखलाई बुझाउनुपर्नेछ ।

निर्देशिका मस्यौदा समितिमा संयोजक दीपकप्रसाद कुइँकेल र सदस्यहरू गोविन्द परियार, गणेश के.सी., लीला खनाल, अनुषा नेपाल, राजबहादुर गुरुङ र निमग हुमागाईँ रहने छन् भने कार्ययोजना तर्जुमा समितिमा समितिका संयोजक गोपालकुमार झा र सदस्यहरू तिलक राई, उमिद वागचन, ई. हुकुम बुढा, विष्णु तिम्सिना, ई. राघव गौतम र रम्भा मिश्र रहेका छन् ।

बैठकले नेपाली कांग्रेसले पार्टीको नाम, झन्डा र चुनाव चिन्ह राखेर खोलिएका विभिन्न सामाजिक सञ्जालका अकाउन्ट र पेजहरूलाई सम्पर्कमा आउनका लागि आह्वान गर्ने निर्णय पनि गरेको छ । त्यस्ता सामाजिक सञ्जाललाई एक महिनाभित्र सम्पर्कमा आउन अनुरोध गर्ने र सम्पर्कमा नआए त्यसलाई अनधिकृत घोषित गरी कानुनी दायरामा ल्याउने निर्णय गरेको बिभाग प्रमुख बिश्वकर्माले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्