प्रधानसेनापतिद्वारा सैन्य क्षमता अभिबृद्दिका लागि पाकिस्तानले गर्दै आएको सहयोगको प्रशंसा



काठमाडौं। पाकिस्तानी सशस्त्र बलका विभिन्न संस्थाहरूमा तालिम लिएका नेपाली सेनाका अधिकारीहरूका लागि भेटघाट कार्यक्रमको आयोजना गरिएको छ।

पाकिस्तानी दूतावासद्वारा सोमबार आयोजित सो कार्यक्रम नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा नेपाली सेनाका सेवानिवृत्त तथा सेवानिवृत्त अधिकृतहरुको उल्लेख्य उपस्थिति रहेको सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रधानसेनापति शर्माले नेपाली सेनाका अधिकारी, सैनिकको तालिम र प्राविधिक क्षेत्रमा क्षमता अभिवृद्धिका लागि पाकिस्तानले गरेको योगदानको प्रशंसा गरेका थिए । नेपालले ‘पञ्चशिल’ सिद्धान्तका आधारमा सबैसंग सम्बन्धलाई अगाडी बढाई रहेको जानकारी गराएका थिए।

नेपालका लागि पाकिस्तानी राजदूत अबरार हास्मीले धन्यवाद ज्ञापन गर्दै नेपाल र पाकिस्तानबीच विश्वास र पारस्परिक लाभकारी सहकार्यमा आधारित बलियो सम्बन्ध कायम रहनुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा उपस्थित भएकोमा प्रधानसेनापति शर्मा र वरिष्ठ अधिकारीहरूलाई धन्यवाद दिए।

आफ्नो स्वागत मन्तव्यमा, पाकिस्तानी दूतावासका रक्षा सहचारी कर्नल मुहम्मद अली अल्वीले नेपाल र पाकिस्तानका दुई सशस्त्र सेनाबीच विशेषगरी तालिम क्षेत्रमा रहेको जीवन्त द्विपक्षीय सम्बन्धलाई प्रकाश पारेका थिए । उनले नेपाली सेनाको क्षमता अभिवृद्धिमा पाकिस्तानी सशस्त्र बलले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

पूर्व विद्यार्थी भेलाका सहभागीहरूले पाकिस्तानप्रति कृतज्ञता व्यक्त गरे र उनीहरूलाई उनीहरूको मनमोहक सम्झनाहरू पुनर्ताजकीको अवसर प्रदान गरेको पाकिस्तानी दूतावासलाई धन्यवाद दिएका थिए।

प्रतिक्रिया दिनुहोस्