ललिता निबास जग्गा प्रकरण : चार सय भन्दा बढी पक्राउ पर्दै !
काठमाडौं।ललिता निवास प्रकरणमा पक्राउ परेका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोले पत्रकार सम्मेलन गरी बुधबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, धर्म प्रसाद गौतम, गोपाल कार्की र सुधीर शाहलाई सार्वजनिक गरेको हो।उनीहरूलाई ब्युरोले मंगलबार पक्राउ गरेको थियो ।
पत्रकार सम्मेलनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआईजी किरण बज्राचार्यले ललिता निवास निवास जग्गा हिनामिना प्रकरणमा कूल ४०६ जना प्रतिवादीविरुद्ध पक्राउ अनुमति लिएको जानकारी पनि दिएकी थिइन ।
पक्राउ अनुमति लिइएकामा जग्गा फिर्ता गर्ने २०९ जना, पशुपति टिकिन्छा गुठीको नाममा जग्गा दर्ता गरेका ११० जना, छुट जग्गा दर्ता गर्ने १३ जना, निवास परिसर विस्तार सट्टापट्टा तथा शोधभर्ना गर्ने ७४ जना रहेको बताएको छ।
एआईजी बज्राचार्यले मुलुकी ऐन, २०२० अनुसार सरकारी लिखित कीर्तेमा हदम्याद लागू नहुने दाबी गरेकि छन्। पक्राउ परेकाहरूलाई मुलुकी ऐन २०२० अनुसार सरकारी लिखत कीर्तेमा मुद्दा चलाउने र यसका लागि हदम्याद लागू नहुने उनको भनाई छ।

