प्रशान्तिको अध्यक्षमा डा.पौडेल



काठमाडौं।वुढानिलकण्ठ-१२ कपनस्थित शिक्षा सदन मावि विद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा डा. राजेन्द्र पौडेल मनोनित हुनुभएको छ ।

हालै प्रशान्ति शिक्षा सदनले विशेष कार्यक्रमको आयोजना गरि नवनियुक्त अध्यक्ष पौडेललाई स्वागत तथा बधाई र शुभकामना व्यक्त गर्दै उक्त कुराको जानकोरी गराएको हो।कार्यक्रमा विद्यालय प्रिन्सिपल समिर वास्तोलाले उहाँलाई स्वागत गर्दै आगामी दिनमा विद्यालयको वृहत्तर हितमा ठूलो योगदानकाे
अपेक्षा गरेको बताए।

नवनियुक्त अध्यक्ष पौडेलले आफना केहि अनुभव सुनाउंदै आगामी दिनमा सँधै विद्यालयको हित र विकासमा लागि पर्ने वचनबद्धता प्रकट गरेका थिए।पौडेललाई शिक्षक,शिक्षिका तथा विद्यार्थी क्याप्टेनले समेत स्वागत गरेका थिए।

यसै विद्यालयकाे संचालक रहनुभएका पाैडेल पेशाले इन्जिनियर हुनुहुन्छ।इन्जिनियरीङ विषयमा विद्यावारिधी (पि.एच.डी.) हासिल गरेका पौडेल विभिन्न साहित्यिक विधामा समेत कलम चलाउंछन। उनका कविता संग्रहहरुसमेत प्रकाशित छन्।

यसै वर्षको नई पुरस्कार विजेता, साहित्य, अध्ययन, अनुसन्धान, समाजसेवामा रुचि राख्ने पौडेल पूर्वाधार विकास अभियन्ता नेपालको अध्यक्ष , गण्डकी सामाजिक गुठी, सदस्य- जे.पी. प्रतिष्ठान को संचालक सदस्य समेत रहेको विद्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्