सोलुखुम्बुको शैक्षिक सुधारमा रीड नेपालको भूमिका महत्वपूर्ण : नगरप्रमुख शेर्पा
खगिन्द्र राज बास्तोला,सोलुखुम्बु।रीड नेपालको आयोजना तथा नगरपालिका र गाउँपालिकाको समन्वयमा संचालित स्थानीय स्रोत शिक्षकका लागि संचालित क्षमता अभिवृद्धि तालिम आज सम्पन्न भएको छ, रीड नेपालका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर बोगटीको अध्यक्षता तथा सोलु दुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाको प्रमुख आतिथ्यमा कार्यक्रम समापन गरिएको हो !

समापन कार्यक्रममा बोल्दै नगर प्रमुख शेर्पाले सोलुखुम्बुको शैक्षिक सुधारमा रीड नेपालको भूमिका अतुलनीय रहेको बताउदै धन्यवाद ज्ञापन गर्नु भयो साथै विद्यालयको शैक्षिक सुधारमा मुख्य भूमिका शिक्षकको भएकोले शिक्षक नै जबाफदेही हुनु पर्ने भन्दै तालिममा सिकेका सीप व्यवहारमा उतार्न आग्रह गर्नु भयो।
कार्यक्रममा बोल्दै रीड नेपालका संस्थापक अध्यक्ष भिम बोगटीले विद्यालयको शैक्षिक सुधार गर्न स्थानीय शिक्षक संजाल निर्माण गरिएको बताउनु भयो स्थानीय तहसंगको समन्वयमा अनुगमन तथा सहयोगको पाटोलाई प्राथमिकता दिन र भविष्यमा स्थानीय तहमै जनशक्ति तयार पार्नको लागि यो अवधारणा ल्याइएको बताउनु भयो साथै स्रोत शिक्षक हरु अरु शिक्षक भन्दा अझ बढी सक्रिय हुनुपर्ने सुरुमा आफ्नो विद्यालयमा सुधार गर्नु पर्ने र त्यसपछिमात्र अन्य विद्यालयमा सुधार गर्न सकिने बताउनु भयो।
कार्यक्रममा बोल्दै रीड नेपालका ताप्लेजुङ जिल्ला प्रबन्धक राजेन्द्र प्रसाद पन्तले नयाँ काम गर्न नसके पनि पुरानै काम भएपनि नयाँ तरिकाबाट गर्दा प्रभावकारी हुने बताउनु भयो साथै उदारहण दिदै सिकाउनेले सही ढंगले सिकाए पनि सिकारुले सही ढंगबाट बुझेन भने त्यसको गलत अर्थ लाग्ने बताउदै सिकारुले अथवा विद्यार्थीले बुझ्ने गरी सिकाउन आग्रह गर्नु भयो
कार्यक्रममा सहभागीहरुको तर्फबाट मन्तव्य राख्दै जन जागृति आ वि सल्लेरीका शिक्षक निमाडोमा राई ले तालिम प्रभाव भएको भन्दै सिकेका सिप विद्यालयमा लागु गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो त्यस्तै गणेशथान मा वि नेचाका शिक्षक ओमप्रकाश भण्डारीले आफ्नो विद्यालय लगाएत अन्य विद्यालयमा पनि आफुले सकेको सहयोग गर्ने बताउदै तालिमले उत्साह थपेको बताउनु भयो।
कार्यक्रममा जिल्लाका २१ जना शिक्षकहरु सहभागी रहेको कार्यक्रमको सहजीकरण रीड नेपालका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर बोगटी, रीड नेपालका ताप्लेजुङ जिल्ला प्रबन्धक राजेन्द्र प्रसाद पन्त रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरी शिक्षा विकास अधिकृत सुजाता राईले गर्नु भएको थियो।
कार्यक्रममा विद्यालयको वर्तमान अवस्था विश्लेषण, सामग्री निर्माण, लैंगिक समानता तथा सामाजिक समावेशीकरण बाल अधिकार , स्थानीय स्रोत शिक्षकको जिम्मेवारी तथा भूमिका वार्षिक कार्ययोजना निर्माण नेतृत्त्व विकास कक्षाकोठा व्यवस्थापन लगाएतका विषयमा तालिम दिएको रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिनुभयो।

