विवरण अद्यावधिक गर्न महानगरले सहकारीहरुलाई दियो ३० दिने म्याद



काठमाडौँ।काठमाडौँ महानगरले ३० दिनभित्र सबै विवरण अद्यावधिक गर्न मातहतका सहकारी संस्थाहरूलाई निर्देशन दिएको छ।

महानगरले सूचना जारी गर्दै यस्तो निर्देशन दिएकाे हाे।

प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र साधारण सभा, ३ महिनाभित्र लेखा परीक्षण र सबै विवरण अद्यावधिक गराउनुपर्ने व्यवस्था छ। साेहीअनुसार काम नभएपछि महानगरले सहकारीहरूमाथि कडाइ गरेकाे हाे।

‘केही सहकारी संस्थाहरूले साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदन लगायत तोकिए बमोजिमका विवरणहरू समयमा नै पेस गर्ने गरेको नपाइएको हुँदा यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएकाे छ।

सूचना जारी भएकाे ३० दिनभित्र काठमाडौँ महानगरपालिकाकाे सहकारी विभागमा विवरणहरू नबुझाए कानुनबमाेजिम कारबाही गरिने महानगरले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्