यी हुन मन्त्रिपरिषदले आज गरेका निर्णय
काठमाडौं।सरकारले देशका विभिन्न सात स्थानलाई औद्योगिक ग्राम घोषणा गरेको छ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तोरास्कोट नगरपालिका-६ (कालीकोट),नरहरिनाथ गाउँपालिका-२(कालीकोट),राप्तीसोनारी गाउँपालिका-४(बाँके)
रम्भा गाउँपालिका-३(पाल्पा),शीतगंगा गाउँपालिका-१३ (अर्घाखाँची)जगरनाथपुर गाउँपालिका-५(पर्सा)महागढीमाई नगरपालिका-५ (बारा)मा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन।
मंगलबारकै मन्त्रिपरिषद्को बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
त्यस्तै राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशकबाट इन्द्रसिंह लामा र माधव तिमिल्सिनालाई अनुसन्धान निर्देशकमा पदोन्नति गरेको छ।बैठकले लामालाई सुदूरपश्चिम र तिमिल्सिनालाई कर्णाली प्रदेशमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ।

