काठमाडौंमा सञ्चालित विद्यालयहरुसंग बालेनले मागे ११ कक्षामा लिने शुल्कको विवरण
काठमाडौं।काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहले विद्यार्थीहरुसँग कक्षा ११ मा के कति शुल्क प्रस्ताव गरिएको छ त्यसको विवरण असार मसान्तसम्म बुझाउन विद्यालयहरुलाई निर्देशन दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत सूचना जारी गर्दै मेयर साहले भनेका छन्-
काठमाडौं महानगरपालिका अन्तर्गत सञ्चालित सबै संस्थागत (निजि / Private ) विद्यालयहरुले शैक्षिक सत्र २०८० / ०८१ मा कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरुसँग के के शीर्षकमा के कति शुल्क लिने हो ? काठमाडौ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा २७ (९) बमोजिमको विद्यालय व्यवस्थापन समितिको निर्णय सहित शुल्क प्रस्ताव मिति २०८० आषाढ मसान्त भित्र काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा उपलब्ध गराईदिनु हुन अनुरोध गर्दछौं ।

