पशुपतिनाथको जलहरीमा राखिएको सुन हिनामिना नभएको पुष्टि



काठमाडौं।पशुपतिनाथको जलहरीमा राखिएको सुन झन्डै एकसय साढे सात केजि भएको पाइएको छ ।

पशुपति क्षेत्र विकास कोष, अख्तियार, नेपाली सेना, सुन चादी व्यवसायी महासंघ, नेपाल प्रहरी, पशुपतिनाथका पुजारीलगायतको रोहवरमा साेमबार बिहान २ बजे गरिएको नापतौलमा १०.४३२५ केजी सुन जलहरीसहित रिङ र बेल्टमा प्रयोग भएको र किला काटीमा १.०३७५ केजि सुन प्रयोग भएको पुष्टि भएको पशुपति क्षेत्र विकास कोषले जनाएको आजको नयाँपत्रीका समाचार छ।

जलहरीमा प्रयोग भएको सुन मध्ये १०७.९५३ केजि २४ क्यारेट सुन हो । त्यसमा तामापितल थप गरि २२ क्यारेटको १०८ केजि जलहरीमा प्रयोग भएको थियो ।

तर जर्ती तथा दिनहुुँ दहि तथा जलले नुहाइदिँदा झण्डै आधाकेजी सुन तलमाथि भएको भेटिएको कोषले जनाएको छ । तर यसमा हिनामिना नभएको सुनचाँदी व्यवसायी महासंघले पुष्टि गरेको कोषको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्