माप्यदुधकोशीले केहि बर्षभित्र घरघरमा खानेपानीका धारा पुर्याउने
सोलुखुम्बु।जिल्लाको माप्यदुधकोशी गाउँपालिकाले खानेपानीको चरम अभावको अन्त्य गर्दै घरघरमा खानेपानी पुर्याउने महत्वाकांक्षी योजना अघि सारेको छ।

गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा शनिबार सम्पन्न गाउँ कार्यपालिका बैठकले केहि बर्षभित्र प्रत्येक घरघरमा पिउन योग्य शुद्ध खानेपानी पुर्याउने लक्ष्यसहित खानेपानी आयोजना निर्माणका कामलाई प्राथमिकतासाथ अघि बढाउने निर्णय गरेको छ।
यसको सुरुवात गत बर्ष साविकको बाकु गाबिसबाट गरिएको र त्यसलाई पूर्णता दिने गरी यसबर्ष पनि काम अघि बढाउने गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिनुभयो।वाकु हालको वडा नं ६ र ७ मा पर्छ।खानेपानी चरम संकट भोगिरहेका स्थानीयको समस्यालाई मध्यनजर गर्दै गत बर्ष संघीय सरकारको १ करोड १० लाख बजेटबाट सुरु भएको ठानेखोला खानेपानी योजनालाई सम्पन्न गर्न अपुग रकम गाउँपालिकाले ब्यहोर्ने निर्णय भएको अध्यक्ष राईले जानकारी दिनुभयो।
अध्यक्ष राईका अनुसार गाउँपालिकाको बजेटबाट यसै बर्ष रेस्पुदु र रैदुङ खानेपानी योजना अघि बढाउने निर्णय पनि आजको कार्यपालिका बैठकले गरेको छ।बिगतमा सुरु गरिएका कतिपय खानेपानी योजनाहरुलाई निरन्तरता दिने निर्णय पनि गरिएको वहाँले बताउनुभयो।file foto

