शान्ति शर्माको कृति ‘सपनाको समाधि’ को समालोचना माथि समालोचना



भक्तपुर।रिडर्स हब क्याफे कौशलटारमा असार ८ गते शुक्रबार सधैँ भन्दा बेग्लै माहोल देखियो । दुई बज्दा नबज्दै क्याफे सञ्चालक अनुपले हलको ढोकामा एउटा सूचना टाँसे – दुई बजेदेखि हल बुकिङ भएकोले नियमित आउने ग्राहकसँग क्षमा माग्दै ।

दियालो साहित्य सरगमको आयोजनामा संस्थाकी अध्यक्ष शान्ति शर्माको एक वर्ष अघि प्रकाशन भएको कविता सङ्ग्रह सपनाको समाधिमाथि पुस्तक परिचर्चा कार्यक्रम थियो । उपाध्यक्ष गणेश खतिवडा तीन नबज्दै आइपुगे । केहीछिनमा रत्नविरही घिमिरे, डा. सनतकुमार वस्ती, शान्ति शर्मा, भगवती बस्नेत, शिवराम खड्का हुँदै उपस्थिति बाक्लिँदै गयो ।

कार्यक्रम सञ्चालनको जिम्मेवारी लिए डा. सनतकुमार वस्तीले । रेडियोकर्मी डा. नवराज लम्सालबाट सुरु भएको बोल्नेक्रम टेलिभिजनकर्मी टीकाराम यात्रीसम्म पुग्दा सेलाउने मौकै पाएन । देशकै चर्चित र स्थापित मानिएका व्यक्तित्वहरूले बोल्ने क्रममा पुस्तकमाथि मात्र होइन टिप्पणीमाथि टिप्पणी हुन्थ्यो । समालोचनामाथि पनि समालोचना हुँदै गर्दा उपस्थित सबै कान ठाडा पारेर सुन्थे । तीन घण्टासम्म बहस चल्दा पूरा अवधिभर एउटा सियो खसेको पनि चाल पाउने माहोल बनिरहनुबाट पनि उपस्थित सबैलाई कार्यक्रम कस्तो लाग्यो भन्ने अनुमान हुन्छ ।

कार्यक्रममा डा. सनतकुमार वस्ती, प्रा.डा. रामप्रसाद ज्ञवाली, लक्ष्मी रुम्बा, महेश पौडेल, जीवा लामिछाने, घनेन्द्र ओझा, राजकुमार बानियाँ, प्रल्हाद पोख्रेल, विश्वविमोहन श्रेष्ठ, तुलसीहरि कोइराला, डा. भीमार्जुन आचार्य, दिनेश अधिकारी, महेशविक्रम शाह, राजबाबु श्रेष्ठ ‘सागर’, डा. नवराज लम्साल, विप्लव प्रतीक, प्रा. जगतप्रसाद उपाध्याय, बाबू त्रिपाठी, प्रज्वल अधिकारी, रत्नविरही घिमिरे, टीकाराम यात्री, शिवराम खड्का, गणेशप्रसाद खतिवडा, डा. हेमनाथ पौडेल, लक्ष्मण गाम्नाङ्गे, राजेश खनाल, भगवती बस्नेत, मदनकृष्ण श्रेष्ठ, सुवासचन्द्र ढुङ्गेल, अतीतबाबू रिजाल, मनिषराज खरेल, उदयन रेग्मी, महेश कार्की क्षितिज, रमेशचन्द्र गौतम, प्रतिष्ठा भन्डारी, राधा कँडेल लगायतका व्यक्तित्वहरूको उपस्थिति थियो ।

सबैले अत्यन्त खारिएको मन्तव्य प्रस्तुत गर्दै गर्दा ‘सपनाको समाधि’की सर्जक शान्ति शर्मा, प्रा.डा. रामप्रसाद ज्ञवाली, लक्ष्मी रुम्बा, महेश पौडेल, जीवा लामिछाने, घनेन्द्र ओझा, राजकुमार बानियाँ, प्रल्हाद पोख्रेल, विश्वविमोहन श्रेष्ठ, डा. भीमार्जुन आचार्य, दिनेश अधिकारी, महेशविक्रम शाह, डा. नवराज लम्साल, विप्लव प्रतीक, प्रा. जगतप्रसाद उपाध्याय, टीकाराम यात्री, डा. हेमनाथ पौडेल, लक्ष्मण गाम्नाङ्गे, मदनकृष्ण श्रेष्ठ, र सुवासचन्द्र ढुङ्गेलको मन्तव्यलाई उपस्थित सबैले विषेश रूपमा हेरेका थिए । कार्यक्रमलाई चुस्त बनाउनका लागि आसन ग्रहण, खादा/माला, सम्बोधन लगायतका औपचारिकता पूरा गर्न गरिने कुनै पनि अनुत्पादक क्रियाकलापहरू राखिएको थिएन ।

प्रतिक्रिया दिनुहोस्