शैक्षिक सुधारका लागि हिमाल दर्शन माबिले सार्बजनिक गर्‍यो २० बुंँदे प्रतिबद्धता



सोलुखुम्बु।नेचासल्यान-३ स्थित श्री हिमाल दर्शन माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर सुधारका लागि २० बुंँदे प्रतिबद्धता सार्बजनिक गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रसाद बास्तोलाको अध्यक्षतामा शुक्रबार सम्पन्न शिक्षक अभिभावक संघ तथा शिक्षक स्टाफकाे संयुक्त बैठकले’शैक्षिक गुणस्तर अभिबृद्दिमा हाम्राे प्रतिबद्धता-२०८०’ सार्बजनिक गरेको विद्यालय ब्यबस्थापन समितिका सदस्य नवराज जम्मरकट्टेलले जानकारी दिए।

नेपाल सरकार शैक्षिक गुणस्तर परीक्षण केन्द्रद्वारा सोलुखुम्बुकै सर्बोत्कृष्ट विद्यालयका रूपमा छनौट भएको तथा सरकारद्वारा नमूना विद्यालयको रूपमा बिकास गर्न छनौटमा परेको विद्यालयको गरिमा कायम राख्दै शिक्षालाई उपलब्धमूलक र प्रबिधिमैत्री बनाउन सो प्रतिबद्धता सार्बजनिक गरिएको उनले बताए।

२० बुंँदे प्रतिबद्धतामा आचारसंहिता कार्यान्वयन गर्ने,भौतिक पूर्बाधार निर्माणको क्रममा हुने ठेक्का प्रक्रियामा ब्यबस्थापन समिति,शिक्षक अभिभावक संघका पदाधिकारी तथा सदस्य सहभागी नहुने,विद्यालयमा प्लास्टिक,मोबाईल फोन र जंक फुड निषेध गर्ने,विविध गतिविधिको पारदर्शिताका लागि एकजना शिक्षकलाई सूचना अधिकारी तोक्ने,कक्षा कार्य,गृहकार्य,परियोजना कार्य र कार्यमूलक अनुसन्धानलाई प्रभावकारी बनाउने लगायत छन्।

यस्ता छन् प्रतिबद्धताका २० बुंदा

प्रतिक्रिया दिनुहोस्