पहिरोले घर बगाउँदा ओखलढुंगामा एकै परिवारका चार जनाको मृत्यु



ओखलढुंगा।ओखलढुंगामा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या चार पुगेको छ।

बिहीबार राति चम्पादेवी गाउँपालिका– ८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले बगाउँदा गुरुङसँगै उनकी २९ वर्षीय श्रीमती शिवमाया गुरुङ, १० वर्षीय छोरा दिनेश गुरुङ र १८ महिनाकी छोरी कृतिका गुरुङको मृत्यु भएको हो।वर्षाका कारण गएराति पहिरोले घर बगाउँदा दुईजनाको ज्यान गएको थियो भने दुईजना बेपत्ता भएका थिए। बेपत्ता दुईजनाको समेत शव भेटिएको छ।राति करिब ११ बजेको समयमा बस्तीमाथिबाट आएको पहिरोले गुरुङकोसँगै अन्य तीन घर पहिरोले बगाएको छ।

बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि पहिरोले बगाएको छ। अन्यले भागेर ज्यान जोगाएका थिए। पहिरोले पुरिएर चारजनाको मृत्यु भएपछि विलन्दुगाउँ शोकमा परेको छ।

०७२ को भूकम्पले धाँजा फाटेको जमिनमा पानी पसेर पहिरो जाँदा जनधनको क्षति भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। उक्त क्षेत्रलाई भूकम्पपछि जोखिमयुक्त भनिएको थियो।

प्रतिक्रिया दिनुहोस्