टिकोटालो गरेर बेहुलीको घरबाट फर्कंदै गरेको गाडी दुर्घटना हुंँदा पांच जनाको मृत्यु,१२ घाइते



गोरखा।गोरखाको सहिद लखन गाउँपालिका ५ स्थित पोखरी डाँडामा विवाहको गाडी दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । सहिद लखन गाउँपालिका–५ ताक्लुङबाट सहिद लखन ३ चिलिङकोटस्थित बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किंदै गरेको गाडी गएराति दुर्घटना भएको हो ।

प्रहरीले पाँच जनाको शव भेटिएको र मृतकको पहिचान खुल्न बाँकी रहेको जनाएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए । घाइते १२ जनालाई आबुखैरेनी अस्पताल पुर्‍याइएको उनले बताए ।

गाडी सडकबाट झन्डै २ सय मिटर तल खसेको छ । दुर्घटनास्थलमा खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्