थुलुङदुधकोशी बहुप्राविधिक शिक्षालयलाई ग्रामीण भेगकै सर्बोत्कृष्ट बनाउने अध्यक्ष राईको उद्घोष



सोलुखुम्बु ।थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले थुलुङदुधकोशी बहुप्राविधिक शिक्षालयलाई ग्रामीण भेगकै सर्बोत्कृष्ट बनाउने आफ्नो योजना रहेको बताउनुभएको छ।

शिक्षालयमा अध्ययनरत विद्यार्थीहरुसंगको अन्तरक्रियालाई सम्बोधन गर्दै अध्यक्ष राईले बिहिवार सो कुरा बताउनुभएको हो।बिश्वबिद्धालयबाट प्राप्त प्रमाणपत्रहरु सिरानी हालेर बेरोजगार बस्नुपर्ने अवस्थाको अन्त्य गर्दै विद्यार्थीलाई आफुले प्राप्त गरेको ज्ञानलाई प्रयोग गरेर बांँच्न सक्ने बनाउन ठुलो संघर्ष गरेर सीटीईभीटीसंगको समन्वयमा प्राविधिक शिक्षालय स्थापना गरिएको बताउंदै वहाँले गाउँकै ढिंडो गुन्द्रुक खाएर सुन्दर भविष्य निर्माण गर्न पाउने यो अवसरको सदुपयोग गर्न बिद्यार्थीहरुलाई आग्रह गर्नुभयो।

डिप्लोमा इन सिभिल इन्जिनियरिङतर्फ तेस्रो सेमेस्टरको परीक्षामा कोशी प्रदेशकै उत्कृष्ट नतिजा निकाल्न सफल विद्यार्थीहरुलाई बधाई दिंदै अध्यक्ष राईले अझै कडा मेहनत गर्न आग्रह गर्नुभयो।

वहाँले शिक्षालाई समयानुकुल व्यापक सुधार गर्न सकेमात्रै समृद्धि, सुशासन र दीगो विकासले सार्थकता पाउने भएका कारण गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर ठुलो लगानी गरिरहेको वहाँको भनाइ थियो। जनता माबिमा बाली बिज्ञान बिषय पढाई भइ रहेको जानकारी दिंदै अध्यक्ष राईले भन्नुभयो,-‘थुलुङ दुधकोशी सामुदायिक अस्पतालमा नर्सिङ अध्ययन गराउने योजना सहित अघि बढी रहेका छौं।त्यसका लागि पूर्बाधार निर्माण मह्त्वपूर्ण छ।

अन्तरक्रियामा उहाँले विद्यार्थीहरुका लागि पढ्दै कमाउँदै कार्यक्रमसँगै चार वटा अवसरको घोषणासमेत गर्नुभएको थियो ।अध्यक्ष राईद्वारा घोषित अवसरका कार्यक्रममा यस शिक्षालयबाट उत्तीर्ण विद्यार्थीहरूको Job Placement का लागि विभिन्न कम्पनिहरूसंग MOU गर्ने, पढ्दै कमाउदै भन्ने कार्यक्रम मार्फत विद्यार्थीहरूलाई गाउँपालिकाको विभिन्न योजनामा सामेल गराउने र लोक सेवा प्रवेशका लागि परीक्षा तयारी कक्षाको समेत व्यवस्थापन गर्ने छन।

प्रतिक्रिया दिनुहोस्