श्रीमती र भाउजुसहित सुदूरपश्चिम प्रदेशमन्त्री सिंहको सवारी दुर्घटनामा गयो ज्यान



काठमाडौं। सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएको छ।

बझाङको केदारस्यु गाउँपालिका-१ झारछडा स्थित जयपृथ्वी राजमार्गमा गाडी दुर्घटना हुंदा मन्त्री सिंहसहित उनकी पत्नी ५० वर्षीया अमृता सिंह र भाउजू ६० वर्षीया जयादेवी सिंहको निधन भएको जनाईएको छ।पत्नी र भाउजुको प्राथमिक उपचार प्राथमिक स्वास्थ्य केन्द्र देउरामा मृत्यु भएको थियो।

गम्भीर घाइते कानुनमन्त्री सिंहको उपचारका लागि हेलिकोप्टरमार्फत बाँकेको कोहलपुर लगिएको थियो।टाउकोमा गम्भीर चोट लागेका उनको मृत्यु भएको श्रोतले जनाएको छ। चालक ३५ वर्षीय धर्मराज जोशी र पीएसओ प्रहरी सहायक हवल्दार दीपक भण्डारीको भने उपचार भइ रहेको छ।

डडेल्धुराबाट चैनपुर बझाङतर्फ आउँदै गरेको सु.प. प्र. ०१००१ झ ४८० नम्बरको गाडीमा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहसहित ५ जना सवार थिए।

गाडी सडकबाट करिब ५० मिटर तल कालङ्गा नदी किनारमा खसेर दुर्घटना भएको हो।(फोटो: सामाजिक सञ्जाल)

प्रतिक्रिया दिनुहोस्