प्रधानन्यायाधीश कार्कीले लिए शपथ
काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक समारोहमा प्रधानन्यायाधीश कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।
प्रधानन्यायाधीशको शपथमा प्रधानमन्त्री पुष्पकमल दाहाल, संवैधानिक अंगका प्रमुखहरू, न्यायाधीशहरू, नेपाल बार एसोसिएसनका अध्यक्ष, नेपाल सरकारका मुख्यसचिव, उच्च पदस्थ सरकारी अधिकारी तथा सुरक्षाप्रमुखहरूको उपस्थिति थियो ।
यसअघि आजै संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि कार्कीलाई राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश नियुक्त गरेका थिए ।

