नयाँबसपार्कबाट मात्र यात्रुवाहक सवारी साधन छुट्नुपर्ने ब्यबस्था कार्यान्वयनमा



काठमाडौँ।काठमाडौँ महानगरपालिकाले आजबाट रिंङरोड भित्रका सबै टिकट काउन्टर हटाउंदै नयाँबसपार्कबाट मात्र यात्रुवाहक सवारी साधन छुट्नुपर्ने ब्यबस्था कार्यान्वयनमा ल्याएको छ।

महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दुरीमा सञ्चालन हुने यात्रुवाहक सवारी साधन नयाँ बसपार्क गोङ्गबुबाट मात्रै छुट्नुपर्ने व्यवस्था कार्यान्वयन गर्ने निर्णय भएको भन्दै महानगरले धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दुरीका सवारी साधनको हकमा कलङ्कीदेखि जडीबुटीसम्म सवारी साधन रोक्न निषेध गरिएको जनाएको छ।

महानगरले सूचना जारी गर्दै भनेको छ-‘सूचनाको बर्खिलाप गर्ने जो कोहीलाई असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीबाट नियमानुसार कानुनी कारबाही हुने ब्यहोरा जानकारीका लागि अनुरोध छ।’

महानगर प्रहरी प्रमुख राजु अर्यालका अनुसार विकल्पको रुपमा उपयुक्त स्थानमा व्यवस्थित टिकट बुकिङ कार्यालय स्थापनाको लागि कार्यदल गठन गर्ने निर्णय भएको बताएका छन् ।

यसका साथै रिङरोग लगायत काठमाडौंका मुख्य चोकहरुमा यात्रुहरुलाई चढाउने तथा उतार्ने विषयमा पनि सोही कार्यदलले स्थान तोक्ने निर्णय भएको छ ।

महानगरपालिकाले जगतमान श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन गरेको छ, जसका सदस्यहरुमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधि, भीमज्वाला राई, जगनाथ गौतम, दीपक केसी, डेकनाथ गौतम, राजन रोक्का, केदार क्षेत्री, राजेन्द्र आचार्य, नारायण भट्टराई, राजुनाथ पाण्डे, जिल्ला प्रहरी परिषद्, यातायात व्यवस्था विभाग, ल्होत्से बहुउद्देश्य प्रालि सदस्य रहेका छन् । [फोटो ईन्टरनेट]

प्रतिक्रिया दिनुहोस्