प्रचण्ड र बाबुरामबिरुद्धको मुद्दामा कारण देखाउ आदेश, मुद्दालाई अग्राधिकार
काठमाडौं।सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

युद्धकालीन समयमा बाल सैनिकको प्रयोग गरेको सम्बन्धमा दायर रिटमा मंगलबार न्यायाधीश सपना मल्ल प्रधानको इजलासले विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गर्दै मुद्दालाई अग्राधिकार दिने आदेश गरेको हो ।
सशस्त्र द्वन्द्वको समयमा बाल सेना दुरुपयोग गरेको, शिविरबाट निकालेर युद्ध अपराध गरेको लगायतका आरोप लगाउँदै पूर्वअयोग्य लडाकु लेलिन विष्टसहितले प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध सर्वोच्चमा मुद्धा दर्ता गरेका थिए ।
उनीहरुले माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा आफूहरूलाई बाल सेना बनाएर प्रवेश गराएको र अहिले बेवास्ता गरेको भन्दै दुवै जनालाई कारबाहीको माग गरेका छन् ।

