जनताले काँग्रेसबाट नयाँ ब्यक्ति प्रधानमन्त्री भएको हेर्न चाहेका छन् : महामन्त्री थापा



काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताले नेपाली कांग्रेसबाट प्रधानमन्त्रीका रूपमा नयाँ अनुहार खोजेको बताएका छन् ।

विराटनगरमा मंगलबार बिहान पत्रकारसँग कुराकानी गर्दै महामन्त्री थापाले कांग्रेसबाट नयाँ प्रधानमन्त्री भएको हेर्न चाहेको बताएका हुन्। त्यसका निम्ति सभापतिले पार्टीको नेतृत्व र कांग्रेसको तर्फबाट प्रधानमन्त्री हुने कुरामा मार्गप्रशस्त गर्नुपर्ने थापाकाे सुझाब छ ।

सभापति देउवातिर लक्षित गर्दै थापाले भने,’जति छिटो नेपाली कांग्रेसको नेतृत्व उहाँले हस्तान्तर गरिदिनुभयो, जोसुकै होला अरु कसैले पार्टी नेतृत्व गर्ने अवसर पायो। त्यो उहाँको हितमा पनि होला।’ नेपाली कांग्रेसको नेतृत्व मैले गरिरहनुपर्छ। मैले गरिनँ भने पार्टी सम्हालिन्न भन्ने सोच त्याग्न उनले देउवालाइ आग्रह पनि गरे । file foto

प्रतिक्रिया दिनुहोस्