सिंहदरबारभित्रै समयमा उपस्थित हुंदैनन् कर्मचारी, सोमबार एक सय ३० जनालाई कारबाही



काठमाडौं । सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार गरेको अनुगमनमा एक सय ३० जना कर्मचारी कार्यालय समयमा मन्त्रालय भित्रै अनुपस्थित रहेको पाईएको छ।

मन्त्री अमनलाल मोदीको निर्देशनमा सचिव डा. कृष्णहरि पुष्करले गरेको छड्के जाँचमा उनीहरू अनुपस्थित रहेको पाईएको हो।जांचका क्रममा सचिव पुस्करले एक सहसचिव सहित २३ उपसचिव, ३६ जना शाखा अधिकृत र ४१ जना नासु तथा सहायकस्तरका कर्मचारी अनुपस्थित रहेको पाईएपछि उनीहरूलाई कारबाही गरेको विवरण मन्त्रीलाई बुझाएका छन् ।

सचिव पुस्करले उनीहरूसंग स्पष्टिकरण सोध्ने र चेतावनी दिने काम भएको समेत मन्त्रीलाई जानकारी गराएको बताईएको छ।

प्रतिक्रिया दिनुहोस्