प्रेस चौतारी नेपाल सोलुखुम्बुको साधारणसभा सम्पन्न,निष्पक्ष भएर कलम चलाउनुपर्नेमा बक्ताहरुको जोड
सोलुखुम्बु । प्रेस चौतारी नेपाल सोलुखुम्बु जिल्ला शाखाको साधारणसभा सम्पन्न भएको छ।

केन्द्रिय सचिव एंव कोशी प्रदेश इन्चार्ज बिक्रम लुईटेलको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाका बक्ताहरुले समाज रुपान्तरणका लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताउंदै बिकास र जनजिविकाका सवालहरुलाई प्राथमिकतामा राखेर निष्पक्ष ढंगले कलम चलाउनुपर्नेमा जोड दिएका थिए।
जिल्ला उपाध्यक्ष दिप खालिङको सभापतित्वमा प्रमुख अतिथि लुँइटेल, नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष डुफ कुमार बास्तोला लगायतले मन्तव्य व्यक्त गरेका थिए।
नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका उपसचिव दिपक राजभण्डारी, नेकपा एमाले जिल्ला कमिटि सोलुखुम्बुका लेखा समितिका संयोजक रामकाजी श्रेष्ठ, प्रेस चौतारी नेपाल कोशी प्रदेश उपाध्यक्ष सुमन पुरी, प्रेस चौतारी नेपाल कोशी प्रदेशका सदस्य सुमन सुस्केरा, राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीका अध्यक्ष गुरु ढकाल, नेपाल बुद्धिजीवी परिषद सोलुखुम्बुका कोषाध्यक्ष पुष्प श्रेष्ठ, प्रेस चौतारी आबद्ध पत्रकारहरु साधारणसभामा उपस्थित थिए।

