अबैध रूपमा सञ्चालित काठमाडौंका दुई अस्पतालमा महानगरको ताला
काठमाडौं।काठमाडौं महानगरपालिकाले राजधानी काठमाडौंमा सञ्चालनमा रहेका दुईवटा अस्पतालमा तालाबन्दी गरेको छ।

अनुगमन टोलिले आकस्मिक अनुगमन गर्दा दुवै अस्पतालले दर्ता गरेको लगायतका आवश्यक कानुनी कागजपत्र बुझाउन नसकेपछि महानगरले सोमबार दुवै अस्पतालमा ताला लगाइदिएको हो।
महानगरले ताला लगाइदिएका दुईवटा अस्पतालमा बौद्धस्थित चाइनिज पिपुल्स अस्पताल र कोटेश्वर जडीबुटीस्थित हाम्रो सहयात्री अस्पताल तथा वर्थिङ सेन्टर छन् ।
महानगरको टोलीले अस्पताल बन्द भएको सूचना दिँदै भर्ना भएका बिरामीलाई अन्यत्र जान र अस्पताल प्रशासनले अन्यत्र सार्नुपर्ने भन्दै निर्देशन दिएको छ। त्यसपछि महानगरले अस्पताल प्रशासन, ल्याब, ओपिडी लगायतका क्षेत्रमा ताला लगाइदिएको छ। (सांकेतिक तस्बिर)

