अर्थमन्त्री महतले आज प्रतिनिधिसभामा बजेटबारे उठेका प्रश्नका जवाफ दिंदै
काठमाडौं।प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटबारे उठेका प्रश्नका जवाफ दिने भएका छन् ।

संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) मा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ।
यसअघि हिजो नै अर्थमन्त्री डा. महतले जवाफ दिने कार्यक्रम रहेको भए पनि अन्तिममा आएर आजका लागि सारिएको थियो।सत्तारुढ दलबाटै बजेटको विरोध भइरहेको छ ।
यही जेठ १५ गते संसदमा प्रस्तुत बजेटबारे आइतबार छलफल सकिएको थियो । एकीकृत समाजवादीले त यथास्थितिमा बजेट पारित हुन नदिने घोषणा गरेको छ।एसका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याइए सरकार ढल्नसक्नेसम्मको चेतावनी दिएका छन् ।

