प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्बोच्चमा मुद्दा दर्ता, संसदमा राजीनामा माग



काठमाडौँ।प्रधानमन्त्री पुष्पकमल दाहालबिरुद्ध बालसैनिक प्रयोग सम्बन्धि मुद्दा दर्ता भएकै दिन राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले युद्ध अपराधजस्तो जघन्य अपराधमा मुद्दा दर्ता भएको भन्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा शाहीले उक्त मुद्दामा जेष्ठ ३० गते अदालतमा हाजिर हुन पत्र काटेको अवस्थामा राजीनामा दिएर अदालतमा हाजिर हुनुपर्ने बताएका हुन् । युद्ध अपराध देशले नभई व्यक्तिले गरेको तर्क गर्दै शाहीले देशको प्रधानमन्त्री नभई पुष्पकमल दाहाल भएर अदालत जानुपर्ने बताए । उनले नैतिकताको आधारमा पनि प्रधानमन्त्री पदमा बस्न नमिल्ने उल्लेख गरे ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,र नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई लगायतविरुद्ध सर्वोच्च अदालतमा आजै मुद्दा दर्ता भएको छ ।

पूर्व बालसेना तथा बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्ट, बहिर्गमित जनमुक्ति सेनाकै संस्थापक संयोजक कृष्णप्रसाद दंगाल लगायतले प्रधानमन्त्री प्रचण्ड, पूर्व प्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईका अतिरिक्त गृह मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग लगायतलाई विपक्षी बनाइ मुद्दा दायर गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्