आम हडतालका कारण सुदूरपश्चिम प्रदेश ठप्प
कैलाली।गेटा अस्पताललाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै सुदूरपश्चिम प्रदेशमा आम हडताल सुरु भएको छ।

विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले यसअघि सार्वजनिक गरेको विरोध कार्यक्रमको तालिका अनुसार सुरु भएको आम हडतालले गरेको छ। काठमाडौंमासमेत विरोध प्रदर्शन गरेका असन्तुष्ट समूहले आज सो प्रदेश ठप्प पारेका छन्।
हडतालका कारण सो प्रदेशका ९ वटै जिल्लामा लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेको छैन। प्रहरीको अनुसार महेन्द्र राजमार्गमा ठुला सवारी साधन चलेका छैनन् भने अन्य सहायक मार्ग पनि दुई पाङग्रे सवारी साधना मात्रै छिटफुट रुपमा चलेका छन्।
गत २९ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो, सो अघि सुदूरपश्चिम भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले गेटालाई विश्वविद्यालय बनाउने घोषणा पनि गरेका थिए। तर, गत जेठ १५ मा सरकारले ल्याएको बजेटमा विश्वविद्यालयको ठाउँमा प्रतिष्ठानका रुपमा अघि बढाउने र एक सय शैय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरे पछि सुदूरपश्चिमेली नागरिकमा असन्तुष्टि बढेको हो।

