सिन्धुली जिप दुर्घटना : ८ दिनपछि भेटियो भुर्तेलको शब



सिन्धुली।जिप दुर्घटना भएको ८ दिनपछि सिटिइभिटीका योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेलको शव भेटिएको छ ।

सुनकोशीमा गत शुक्रबार जिप दुर्घटना हुँदा बेपत्ता भएका उनको शव उदयपुरको ताप्ले गाउँपालिका ५ निवुवाटारस्थित सुनकोशी नदी किनारमा फेला परेको हो।शनिबार भुर्तेलको शव कटारी अस्पतालमा पोस्टमार्टमपछि सनाखत गरी परिवारलाई बुझाइएको छ।भुर्तेलको सनाखत सँगै मृतक तीनै जनाको सनाखत भएको छ ।

यसअघि सिटिइभिटीका प्रशासन शाखा निर्देशक कृष्ण केसी र विद्युत प्रशिक्षक भानु पौडेलको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले घटनास्थल नजिकै फेला पारेको थियो।प्र.३-०१-००२ झ ४९८५ नम्बरको गाडीमा भुर्तेलसहित चार जना भक्तपुरबाट खोटाङतर्फ जाँदै थिए। उक्त दुर्घटनामा परेका तीन जनाको निधन भयो भने जिपका चालक दुर्घटनाकै क्रममा नदीमा पौडिएर बाँच्न सफल भएका थिए। file foto

प्रतिक्रिया दिनुहोस्