राष्ट्रिय हित र राष्ट्रियताको रक्षाका लागि वर्तमान सरकारले केही पनि गर्न सकेन : अध्यक्ष ओली
काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारत भ्रमणका बेला आफ्नो भूमि रक्षाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही पनि बोल्न नसकेको बताएका छन्।

काठमाडौंमा नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेला उद्घाटन गर्दै अध्यक्ष ओलीले शनिबार सो कुरा बताएका हुन्।देशको राष्ट्रिय हित र राष्ट्रियताको रक्षाका लागि वर्तमान सरकारले केही पनि गर्न नसकेको ओलीको भनाई थियो।उनले युक्रेनको हवाला दिँदै प्रधानमन्त्री प्रचण्डले नदीहरू भारतलाई सित्तैमा सुम्पेर आएको बताए।
सस्ता आयोजनाहरु तल्लो अरुण र फुकोट कर्णाली कौडीको भाउमा भारतलाई दिएको टिप्पणी गर्दै ओलीले भने,-‘२०७६ सालमा फुकोट कर्णाली आयोजना एकदमै सस्तो छ । …४८० मेगावाट कुदेको नदीबाट विद्युत निकाल्न सकिन्छ । त्यति सस्तो आयोजना, यो नेपाल आफैले बनाउँछ भनेर मैले निर्णय गरेको थिएँ।’यो त अहिले त किस्तीमा राखेर उतै सुम्पिने कुरा भयो, प्रधानमन्त्री भन्न सक्नुहुन्न के सर्तमा दिनु भएको छ ?’
सरकारसँग विकासको कुनै योजना र स्रोत पनि नरहेको भन्दै ओलीले सरकार र सरकारमा रहेका दलहरू एमालेको विरोधमा मात्रै लागेको उल्लेख गरे। उनले आफू नेतृत्वको सरकार ढाल्ने, पार्टी फुटाउने लगाएतका अनेक षडयन्त्र भए पनि एमाले जस्ताको तस्तै रहेको र आगामी निर्वाचनमा एमालेले देशका लागि बहुमत ल्याउने गरी तयारी गर्ने बताए।file foto

